फिल्म ‘चपली हाइट’ को तेस्रो पार्ट ‘चपली हाइट ३’ निर्माण हुने भएको छ । मंगलबार राजधानी एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मलाई ‘फाटेको जुत्ता’ निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । चैतमा हुने फिल्ममा ‘चपली हाइट’ का अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेत्री सुपुष्पा भट्ट, नवअभिनेता महेश त्रिपाठी र नवअभिनेता प्रतिक श्रेष्ठको अभिनय रहने छ ।

चैतमा प्रदर्शनको तयारी गरिएको ‘चपली हाइट ३’ को घोषणा सभामा निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ फिल्मको पनि घोषणा गरे । उनले यो फिल्मपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता २’, ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म सुरु गर्ने उनले बताए ।

For More videos Log on to Mazzako TV