अभिनेता बिपिन कार्की अभिनित फिल्म ‘सेल्फी किंग’ को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै फिल्मको छायाँकन शुरु गरिएको हो । एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्नेछ ।

छायाँकनका लागि दशैं अघि र दशैं पछि गरि २ सेड्युल तयार गरिएको निर्माण पक्षले जनाएको छ । दशैं अघिको सेड्युल आजबाट शुरु भएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा फिल्मको छायाँकन हुनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् ।

फिल्मको शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनका अलवा फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन रहने छ ।

फिल्ममा फष्ट एडिका रुपमा दिनेश बहादुर रावत, सेकेण्ड एडिका रुपमा गणेश शाही, एडिका रुपमा राजेश राज गिरी, तर्कराज न्यौपाने, सुलभ थापा रहेका छन् । फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

For More videos Log on to Mazzako TV