दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड’ घोषणा
दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड’ घोषणा हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको घोषणा गरिएको हो । गतबर्ष जापानको टोक्योमा पहिलो अवार्ड सम्पन्न भैसकेको छ । अवार्ड आयोजक बासुदेव लामिछानेले दोस्रो शृंखला आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने घोषणा गरेका हुन् । अभिनय, गायन, नृत्य र हाँस्य विधामा रहेर अवार्ड गरिने बताइएको छ ।
घोषणा कार्यक्रममा चलचित्र विकास बोर्ड आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, भुवन केसी, गौरी मल्ल, रामकृष्ण ढकाल, श्वेता खड्का, हेमन्त शर्माको उपस्थित थिए । त्यस्तै अभिनेत्री सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, गायक कमल खत्री, प्रशान्त ताम्राकार, युवराज चौलागाईं, मिलन अमात्य र एञ्जिला रेग्मी, हेमन मोक्तान, निर्माता अमृत घोले लामा लगायतको उपस्थिति रहेको थियो ।
यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । अवार्डमा गतवर्ष २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीत संगीतले सहभागिता जनाउन पाउनेछन् । अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान प्रदान गरिनेछ ।