गायक आशिष सचिन गौतम र गायिका मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ । भद्रगोलका काकु अर्थात दीपक आचार्य निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी प्रस्तुत छन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV