फिल्म निर्देश शिशिर राणालाई हल संचालकले नेपाली फिल्मलाई दया मात्र गरेको जस्तो लाग्छ । कुनै विदेशी फिल्म आउँदा नेपाली फिल्मलाई स्थान दिइहालौ न त भनेर दया गरेकोमा उनको गुनासो छ ।

उनले, नेपाली फिल्मलाइ दया नभएर माया गरिदिन आग्रह पनि गरेका छन् । नेपाली फिल्म विदेशीसँग रिलिज हुँदा दर्शक नै नआउने शोज, बिहानी शोज दिने गरेको भनेर उनले गुनासो पनि गरेका छन् ।

उनले निर्देशन गरेको पोई पर्यो काले कात्तिकको ८ गते रिलिज हुँदैछ । यो फिल्मसँग बलिउड फिल्म हाउसफुल ४ पनि रिलिज हुँदैछ । यसैले पनि सबैलाई बराबरीको स्थान दिन उनले आग्रह गरेका छन् ।

For More videos Log on to Mazzako TV