चलचित्र विकास बोर्डमा कथा सारा वुझाएपछि दासढुंगा २ रोकिएको छ । यो फिल्म रोकिएपछि अहिले नेपाली फिल्म वृत्तमा चलचित्र विकास बोर्डको आलोचना पनि भैरहेको छ । तर, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले पनि कथावस्तुमा केही कुरा आएकाले यसको लागि मदन भण्डारी स्मृती प्रतिष्ठानलाई कथा पठाएको बताएका छन् ।

उनका अनुसार, मदन भण्डारीको हत्यामा संलग्न भन्दै राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र माधवकुमार नेपालको नाम समेत समावेश गरिएको छ । तर, यो आरोप पुष्टी गरिएको छैन । आरोप पुष्टी नभएको कथा आएकाले पनि के हो भनेर स्मृती प्रतिष्ठानमा पठाइएको बोर्ड अध्यक्षले बताए ।

उनले, फिल्मको टिम बाहिर हल्ला गर्दै हिड्ने अनी आफूले यसको जवाफ दिनुपर्ने भन्दै यस्तो हुन नसक्ने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV