पछिल्लो पटक फिल्म निर्भय निर्देशन गरेका निर्देशक मधुसुदन भट्टराइको फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठले काम गर्ने भएका छन् । यो फिल्मको छायांकन तिहारपछि अष्ट्रेलियामा हुनेछ ।

श्रृष्टी र सौगातले काम गर्न लागेको यो पहिलो फिल्म भने होइन । संचारकर्मी लक्ष्मण सुवेदीले यो फिल्मको कथा लेखेका छन् । फिल्मको नाम फाइनल भएको छैन ।

तर, सौगात र श्रृष्टीलाई भने अनुवन्धित गरिएको छ । अहिले सौगात र श्रृष्टीले एकसाथ फिल्ममा काम गरिरहेका छन् । प्रेममा परेपछि यी दुइले अलग फिल्म नगर्ने निर्णय नै गरेको देखिन्छ ।

For More videos Log on to Mazzako TV