कलाकार विल्सन विक्रम राइले ८ महिना अगाडि गरेको बिहे बल्ल सार्वजनिक भैरहेको छ । विल्सनले झापाकी सरिना लामासँग मागी विवाह गरेका हुन् । लामा परम्परा अनुसार विल्सनले सरिनालाई आफ्नो बनाएका हुन् ।

सरिना र विल्सन एकसाथ स्कुलमा पढेका थिए । तर, विल्सनले सरिनालाई मन पराएपनि भन्न भने सकेका थिएनन् । तर, उनले परिवारको साथ लिएर सरिनाको हात मागेका थिए ।

फागूणमा यी दुइको बिहे भएको थियो । केटी पक्षको चाहना अनुसार नै बिहे सार्वजनिक नगरिएको हो । सरिना पहिले यूएनमा काम गर्थिन् । उनीहरुले अष्ट्रेलियामा हनिमुन मनाएर फर्किसकेका छन् ।

For More videos Log on to Mazzako TV