अभिनेत्री केकी अधिकारीलाई निर्देशक दिनेश राउतले फिल्म सेल्फी किङ्गको विशेष भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो फिल्ममा अनुवन्धित भएपछि केकी खुशी छिन् ।
दिनेशसँग उनले आई एम सरीमा काम गरिन् । यसपछि, दिनेशले उनलाई फिल्ममा लिएका थिएनन् ।

केकीलाई भने दिनेशको फिल्म हेर्दा आफूलाई नलिएकोमा लोभ लाग्न थालेको रहेछ । केकीले दिनेशको फिल्म हेर्दै जादा आफूलाई लोभ लाग्न थालेको बताइन् । उनको चाहना दिनेशको फिल्ममा मुख्य अभिनेत्री बनौ भन्ने हो ।

उनले मारुनी फिल्म हेरेपछि पनि निर्देशक नवल नेपालले आफूलाई किन छुटाउनुभयो भनेर लेखेकी थिइन् । यो फिल्ममा काम गर्न नपाउँदा लोभ लागेको केकीले बताइन् । केकीलाई कुन कुन निर्देशकको फिल्ममा काम गर्न नपाएर लोभ लाग्दै जाने हो खै ?

For More videos Log on to Mazzako TV