‘दमदार’लाई पिजी, दर्शकलाई होला त इजी ?
नायिका रेखा थापाको एक्सन र नायक सविन श्रेष्ठले बोलेका केही डाईलगहरुका कारणले गर्दा चलचित्र ‘दमदार’ हेर्न १६ बर्ष मुनिकाहरुले अभिभावकलाई लिएर जानु पर्नेछ । बैशाख २६ गतेबाट अल नेपाल प्रर्दशन हुन लागेको चलचित्र ‘दमदार’लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो ।
चलचित्रको द्वन्दको दृश्यहरुको कारण देखाई सेन्सर बोर्डले चलचित्रलाई उक्त प्रमाण पत्र दिएको हो । त्यस्तै नायक सविन श्रेष्ठले चलचित्रमा बोलेका डाईलगमा आएका गुण्डा, पुलिस, मन्त्री जस्ता शब्दहरु मा पनि सेन्सरले म्युट गर्न निर्देशन दिएको छ ।
चलचित्र ‘दमदार’मा रेखा थापा, सविन श्रेष्ठ, बासु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारहरुलाई देख्न पाईनेछ । चलचित्रको आईटम गीत ‘जिकज्याक जवानी’मा अर्चना देलालले बेजोको नृत्य प्रस्तुत गरेकी छिन् । कमलकृष्ण निर्देशित दमदारलाई सुमन बिष्ट र चन्द्र गौतमले मिलेर बनाएका हुन् ।
For More videos Log on to Mazzako TV