अभिनेता सुशिल श्रेष्ठ र नव अभिनेत्री रुविना थापाको मुख्य भूमिका रहेको फिल्म लभ डायरीज छठ पर्वको अवसर पारेर कात्तिक १५ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा फिल्म साङ्लोले प्रदर्शन मिति तय गरेको थियो ।

अब, यो मितिमा विराज भट्टको फिल्म नआउने भएको छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । फिल्मका सह–निर्देशक साहिल खान हुन् । लभ स्टोरी कथामा बनेको यो फिल्म उत्कृष्ट रहेको सौरभले दाबी गर्दै आएका छन् ।

फिल्मले छठ पर्वको बिदालाई टार्गेट गरेको छ । यो फिल्म असोज ३ गते रिलिज हुने पक्का थियो । तर, यो मितिमा कबड्डीको तेश्रो भाग पनि रिलिज हुने भएपछि लभ डायरीज सरेको थियो ।

For More videos Log on to Mazzako TV