भदौको १३ गतेबाट रिलिज भएको फिल्म मारुनी २ करोड ग्रसको नजिक पुगेको छ । निर्मात्री पूनम गौतमले सिनेमाको कमाई २ करोड ग्रसको नजिक पुगेको बताएकी छिन् । उनका अनुसार, यो फिल्मले ९ दिनमा १ करोड ८५ लाख ग्रसको कमाई गरेको छ ।

जसमा काठमाण्डौको योगदान १ करोड २० लाख र मोफसलको योगदान ६५ लाख छ । फिल्मले सुरुवातका २ दिनमा खासै गतिलो व्यापार गरेको थिएन । तर, फिल्मले सोमबार र मंगलबार परेको तीजदेखि आफ्नो स्पिड बढाएको हो । फिल्मको व्यापार दोश्रो साताको शनिबार पनि उत्कृष्ट छ ।

दोश्रो साताको शनिबार पनि फिल्म हेर्न दर्शकको उपस्थिती बाक्लो देखिएको थियो । जसकाकारण पनि फिल्मले व्यापारमा गती लिएको छ । पूनमले फिल्मलाई १ करोड ५५ लाखमा बनाएको बताएकी छिन् ।

For More videos Log on to Mazzako TV