शिशिर राणाको निर्देशनमा निर्माण भएको फिल्म ‘पोई पर्याे काले’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो । फिल्म दिपावलीको अवसरमा कार्तिक ८ गते अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ ।

रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल, आकाश श्रेष्ठ, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर र सुरक्षा पन्तले कम्मर मर्काएका छन् । फिल्ममा सौगात, पुजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षासँगै किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ ।

शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ । किरण नेपालीले प्रस्तुत गरेको फिल्ममा अमलादेवी राई कार्यकारी निर्माता रहेकी छिन् । शिव ढकालले खिचेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV