अभिनेत्री सारा सिर्पाली लगातार ३ फिल्म नचल्दा समस्यामा छिन् । हुनत, नेपालमा फिल्म नचल्नुको दोषी कलाकार मात्र हुँदैनन् । विविध कुरा नमिल्दा फिल्म चल्दैन । तर, प्रत्यक्ष प्रभाव भने कलाकारलाई हुन्छ ।

अहिले अभिनेत्री सारा सिर्पाली अहिले फिल्म गुञ्जनको छायांकनमा व्यस्त छिन् । यो फिल्मको छायांकन पोखरामा भैरहेको छ । अष्ट महर्जन फिल्मका निर्देशक हुन् । फिल्मलाई त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ । फिल्म गुञ्जनमा साराको गेटअप सार्वजनिक भएको छ ।

साराले गुञ्जनको कथावस्तु मन पराएपछि काम गरेकी हुन् । फिल्ममा उनको साथमा प्रितम सेन्चुरी देखिदैछन् । सारालाई गुञ्जनमा आशा छ । किनकी, उनी लगातार चौथो फिल्ममा पनि दर्शक नआएको हेर्न चाहन्नन् ।

For More videos Log on to Mazzako TV