शुक्रबार र शनिबार औषत व्यापार गरेको फिल्म मारुनीको व्यापार सोमबारदेखि भने बढेको छ । सोमबार परेको तीजको बिदामा फिल्मले देशैभर आक्रामक कारोबार गरेको छ । मंगलबार पनि दर्शकको चाप उस्तै रहेको निर्मात्री पुनम गौतमले जानकारी दिएकी छिन् ।

फिल्म मारुनीको वर्ड अफ माउथका कारण व्यापारमा परिवर्तन भएको छ । फिल्म हेर्ने हरेकले यसको कथावस्तु, प्रस्तुति र क्लाइमेक्सलाई मन पराएका छन् । सुरुवाती दिनमा फिल्म साहोको प्रभाव हलमा देखिएपनि यसपछि भने फिल्मले गती लिएको छ ।

फिल्मलाई २ करोड रुपैयाँमा निर्माण गरिएको हो । फिल्मको लगानी उठाउन अझै यसले आक्रामक व्यापारलाई निरन्तरता दिन पर्छ । नवल नेपाल निर्देशित फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV