अभिनेत्री केकी अधिकारीले फिल्म मारुनी हेरेपछि आफूलाई डाहा लागेको बताएकी छिन् । केकीले डाहा लाग्नुको कारण, यो फिल्ममा आफू नहुनु हो पनि भनेकी छिन् । फिल्म मारुनी अहिले देशभर चलिरहेको छ ।

फिल्मको विशेष शोमा पुगेकी केकीले मारुनीमा आफूलाई किन नअटाएको भनेर निर्देशक नवल नेपालसँग प्रश्न पनि गरेकी छिन् । केकीले फिल्मको कथावस्तु फरक भएपनि मिठो तरिकाले निर्देशकले प्रस्तुत गरेको बताइन् । उनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले निर्वाहा गरेको भूमिका आफूलाई गर्न मन लागेको सुनाइन् ।

केकी अधिकारीले फिल्मको कथावस्तु हेर्दा कसरी यसको अन्त्य गरिन्छ भन्ने आफूलाई लागेपनि निर्देशकले सरज र सहज तरिकाले कसैको मन नदुखाई सकेको बताइन् ।

For More videos Log on to Mazzako TV