शुक्रबारदेखि रिलिजमा आएको फिल्म मारुनीले सोमबार तीजको बिदाको अवसरमा राम्रो व्यापार गरेको छ । शुक्रबार र शनिबार नभरिएका सोजहरु सोमबार भरिएका छन् । दर्शकको वर्ड अफ माउथ बलियो भएपछि फिल्म हेर्नेहरु बढेका छन् । यो फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको काम बलियो छ ।

उनले सिंगो फिल्म नै धानेकी छिन् । साम्राज्ञीले यो फिल्ममा फरक भूमिका पनि गरेकी छिन् । जसकाकारण पनि उनको भूमिकालाई उनले कती न्याय गर्न सक्छिन् भन्ने कौतुहलता थियो । तर, उनले फिल्ममा गरेको अभिनयले उनी लभ स्टोरी फिल्ममा सामान्य भूमिकामा मात्र अब सिमिति हुनु हुँदैन भन्ने देखाएको छ ।

पूनम गौतमको निर्माणमा तयार भएको फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV