फिल्म म यस्तो गीत गाउँछु २ को छायांकन सुरु गरिएको छ । वुढानिलकण्ठबाट यो फिल्मको छायांकन सुरु गरिएको छ । फिल्मलाई एक साता काठमाण्डौमा र बाँकी छायांकन इलाममा गरिनेछ । फिल्ममा अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा, कलाकार शोभित बस्नेत लगायतको मुख्य भूमिका छ ।

सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको फिल्मले यसपटक सांगीतिक कथा बोकेको छ । फिल्ममा अभिनेता पल शाह सुपरस्टार गायकको भूमिकामा देखिदैछन् । फिल्म म यस्तो गीत गाउँछु सुपरहिट भएको थियो ।

यही नामको पछाडि २ राखेर सुदर्शन र पूजाले म यस्तो गीत गाउँछु २ बनाउन लागेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत छ ।

For More videos Log on to Mazzako TV