फिल्म ‘आधा सुर’ बाट अभिनेता अर्पण थापाले छायाँकन सुरु भएपछि फिल्म छोडेका छन् । समय मिलनाउन नसक्दा अर्पणले आधा सुर छोडेको बुझिएको छ । अशिन पौडेलको डेब्यु निर्देशन रहेको फिल्मको सुटिङ बुधबार भद्रकाली मन्दिरमा पूजाआजा गर्दै छायांकन सुरु गरिएको हो ।

तीन युवाको गीत सँगीत प्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा फिल्मले बोल्ने छ । फिल्ममा प्रविण खतिवडा, शिसिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीका साथमा नवनायक मोहन जैशी मुख्य भूमिकामा छन् ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । बिष्णु कल्पितको छायांकन रहने फिल्ममा रोशनराज थापाको संगीत रहने छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेको हुन् ।

For More videos Log on to Mazzako TV