अभिनेता पल शाहले आफ्ना फ्यानलाई अभिनेत्री आँचल शर्मालाई गाली नगर्न आग्रह गरेका छन् । पलले आँचल र आफू सधै नै साथी मात्र रहेको बताएका पनि छन् । उनले आँचल र आफूविच प्रेम नरहेको पनि स्पष्ट पारे ।

उनले, आँचलको नयाँ जीवन र आफूहरुको मित्रतालाई गलत रुपमा नवुझ्न आग्रह पनि गरेका छन् । उनले, आँचलको नयाँ जीवनलाइ जोडेर गाली नगर्न आग्रह गरेका हुन् । उनले आँप जोडी सधै नै रहने पनि स्पष्ट पारेका छन् । उनले आफू पूर्ण रुपमा करिअरमा फोकस भएको पनि उल्लेख गरेका छन् ।

आँचल र पलको प्रेम चर्चा चलिरहेको समयमा फ्यानले यो जोडीलाई खुबै मन पराएका थिए । तर, अहिले आँचल डाक्टर उदिप श्रेष्ठको प्रेममा छन् । यसपछि भने उनलाई गाली आइरहेको छ ।

For More videos Log on to Mazzako TV