चलचित्रको नाम पनि बडो अचम्मकै लाग्न सक्छ तपाईलाई । तर पनि नाम रमाईलो छ  । चलचित्रको नाम हो  ‘विर्खेलाई चिन्छस्’ । यही चलचित्रको पहिलो झलक सार्वजानिक भएको छ । चलचित्रको पोष्टरमा चलचित्रका निर्माता समेत रहेका नायक सुवास थापाको अनुहार मात्रै देखाईएको छ ।

Birkhe

चलचित्र ‘बिर्खेलाई चिन्छस्’को निर्देशन अराज केशबले गरेका हुन् । चलचित्रमा सुवास थापाको अलावा आयुषा राई, विनिता खड्का, लुनिभा तुलाधर, निर्मल शर्मा, शिशिर भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । राजनैतिक परिस्थिति र अस्थिरताले निम्त्याएको परिणाम र त्यसले जन्माएको पात्रहरुको कथा चलचित्रले बोल्दछ ।

बिर्खे युनिटले ‘बिर्खे कि तपाई जस्तै, कि म जस्तै छ’ भन्ने नारालाई पनि पब्लिसिटीको फन्डा बनाएको छ । भदौको तेस्रो साताबाट दर्शकमाझ आउन लागेको बिर्खे वास्तवमै को जस्तो होला ? त्यो भने फिल्म हेरेपछि नै भन्न सकिएला ।

For More videos Log on to Mazzako TV