अभिनेता खगेन्द्र लामिछानेको नयाँ फिल्मको शुभु मुहुर्त गरिएको छ । उनको डेब्यु निर्देशन रहने फिल्म ‘पानीफोटो’ को राजधानीको बंगलामुखी मन्दिरमा फिल्मको पुजागर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । बंगलामुखी मन्दिरमा खगेन्द्रसंगै अनुप बराल, मेनुका प्रधान, मलिका महत लगायत फिल्मका कास्ट एण्ड क्रु उपस्थित थिए ।

आफै लिखित नाटकलाई उनले फिल्मको स्वरुप दिन लागेका हुन् । उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई देखाउने छन् । यो फिल्म दशक अगाडि गुरु कुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । फिल्मको एक दिनको छायाँकन काठमाण्डूमा हुनेछ भने त्यसपछि टोलि स्याङ्गजातर्फ लाग्नेछ ।

टुकी आर्टस् र मञ्जुश्री फिल्मप्रोडक्सनको ब्यानरमाबन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्यनिर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् ।

फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्तशर्मा, मलिका महत, श्यामकुमार खड्काल गायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।

For More videos Log on to Mazzako TV