असोज ३ गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘कबड्डी कबड्डी कबड्डी’ कोे ट्रेलर सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्दे्शित यो फिल्मको ट्रेलर निकै कमेडी शैलीमा मज्जाको बनेको छ । ट्रेलरमार्फत फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ ।

‘कबड्डी कबड्डी कबड्डी’ को अहिले ‘दुबो फूल्यो’ गीतले राम्रै चर्चा बटुलिरहेको छ । फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । यो फिल्मले स्वजातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् । मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार फिल्मका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV