नेपालको पहिलो सफल लभस्टोरी फ्रेंचाइजीको तेश्रो शृंखला “प्रेमगीत ३” अहिले नेपाली चलचित्र क्षेत्रको सर्वाधिक चर्चामा रहेको चलचित्र हो भन्दा केहि गलत नहोला। चैत्र २८ गते को प्रदर्शन मिति तोकेको यो चलचित्रको प्रदर्शनले पनि नेपालीहरुको यो आउने नयाँ वर्षको उत्सवलाई झन् विशेष बनाउने पक्का छ। लामो समय छायांकनको पुर्व तैयारीमा खर्च गरेको यस चलचित्रको ओभरसिज राइट चलचित्र छायांकन हुनुअघि नै बिक्री भएको छ।

शुक्रवार साँझ निर्माता सन्तोष सेनको जन्मदिनको अवसर पारेर निर्माण पक्षले Dataz Events का दाताराम घिमिरेसँग ओभरसिज राइटको सम्झौता गरेका हुन्। यस बहुप्रतिक्षित चलचित्रले ओभरसिज राइटको लागि ९५ लाखको मोटो रकम प्राप्त गरेको छ। यो सम्झौता सँगै अब नेपालमा मात्र हैन विदेश बस्ने नेपालीहरुले पनि चलचित्र “प्रेमगीत ३” आआफ्नै ठाउँमा हेर्न पाउने भएका छन्। यसअघी चलचित्र “प्रेमगीत २”ले पनि ओभरसिजमा ब्यापक सफलता पाएको थियो।

चलचित्र “प्रेमगीत ३” एउटा पिरियड फिल्म हो, जसकारण पनि यो चलचित्र निक्कै ठुलो स्केलमा निर्माण हुदैछ। शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ, सुनिल थापा, लक्ष्मी बर्देवा, माओत्से गुरुङ्ग, अनुभव रेग्मी आदि लोकप्रिय कलाकारको सशक्त प्रस्तुति रहने चलचित्र “प्रेमगीत ३”ले नेपाली चलचित्रप्रेमीहरुलाई एउटा बेग्लै स्तरको सिनेमाको अनुभव दिने अहिले सम्मको जानकारी अनुसार पूर्वानुमान गर्न सकिन्छ।

भर्खर मात्र एउटा गीतको लागि रेडियो नेपालको हलमा ८० भन्दा बढीको अर्केस्ट्रा टिम राखेर रेकर्ड गरिएको खबरले पनि नेपाली दर्शकहरुले अनुमान गर्न सक्छन् कि यो नयाँ वर्षमा चलचित्र हेर्ने नयाँ अनुभव पाइन्छ।

For More videos Log on to Mazzako TV