शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म मारुनीको व्यापार औषत छ । तर, फिल्मलाई सुखद प्रतिक्रिया मिलिरहेको छ । फिल्म हेरेका दर्शक र समिक्षकले यसको कथावस्तु, क्लाइमेक्स र प्रस्तुति मन पराएका छन् । फिल्मको सस्पेन्स पाटोलाई अझै रुचाइएको छ ।

जसकाकारण पनि फिल्मले अझै दर्शक तान्ने अपेक्षा गरिएको छ । फिल्मले सुखद प्रतिक्रिया पाएसँगै यसले आउँदो दिनमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । फिल्म मारुनीलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भूमिका छ । निर्मात्री पूनम गौतमले वर्ड अफ माउथका कारण पनि फिल्मले गती लिने अपेक्षा व्यक्त गरेकी छिन् ।

For More videos Log on to Mazzako TV