विश्वभर रिलिज भएको साउथका स्टार प्रभाषको फिल्म साहोलाई निकै नै खराब प्रतिक्रिया मिलिरहेको छ । भारतीय दर्शकले मात्र नभएर, समिक्षकले समेत यसलाई निकै नै खराब भनेका छन् । फिल्मको टिमले भीएफएक्समा ध्यान दिदा फिल्म भने ध्वस्त बनाएको उनीहरुको प्रतिक्रिया छ ।

समिक्षक तरण आदर्शले फिल्मलाई सहनै नसक्ने भन्दै प्रतिक्रिया दिएका छन् । जम्मा १.५ स्टार दिएका तरणले यो फिल्मले समय, पैसा र कलाकारको मिहिनेत नै नष्ट गरेको लेखेका छन् । तरण जस्तै अन्य समिक्षकको खराब प्रतिक्रियाले फिल्मलाई लामो समयसम्म दौडन गाह्रो हुने देखिन्छ । नेपालका हलवालाहरुले प्रभाषको फिल्मबाट राम्रो कमाउने लोभमा नेपाली फिल्म मारुनीलाई कम शो दिएका थिए ।

तर, उनीहरुको आशा र वितरकको हिन्दी फिल्ममा लगानी गरेर नेपाली फिल्मलाई पछि धकेल्ने ठूलै योजना साहोको समिक्षासँगै विफल हुने देखिएको छ ।

For More videos Log on to Mazzako TV