अन्ततः छ माया छपक्कै फिल्मको प्रदर्शन मिति तय गरियो । प्रदर्शन मिति धेरैका लागि अनौठो र सोचनिय बनेको छ । किनभने, यो फिल्मलाई असोजको २४ गतेबाट मात्र रिलिज गर्ने तयारी गरियो । सधै दशैंमा फिल्म रिलिज गर्दै आएका दिपकराज गिरी र उनको टिम किन पछि हट्यो भन्ने बिषयले चर्चा पाइरहेको छ ।

असोजको १७ गते फिल्म वार रिलिज हुँदैछ । वार फिल्मले बक्स अफिसमा धमाका मच्चाउन विश्वास गरिएको छ । तर, वार फिल्मकै कारण छ माया छपक्कै असोजको १७ मा नआएको हो त ? निर्माता दिपकराज गिरीले हिन्दी फिल्मसँग जुध्न डर नलागेको बताइसकेका छन् ।

तर, उनले आफूलाई नेपाली वितरक र हलवालालसँग जुध्न डरा लागेको बताएका छन् । यसैले वार आउँदा छ माया छपक्कैले निकै नै कम शो पाउने सोचका कारण दशैंपछि फिल्म रिलिज गर्न लागिएको हो ।

For More videos Log on to Mazzako TV