अभिनेत्री सुरक्षा पन्तले फिल्म ‘आमा’का लागि कपाल खौरिएकी छिन् । कपाल मुण्डन गरेकी सुरक्षाले कथाको माग अनुसार आफूले यसो गरेको बताइन् ।

सुरक्षाले फिल्ममा अरु विकल्प प्रयोग गरेर भएपनि काम गर्न सकिने भन्दै आफूले कथाले नै मागेपछि कपाल मुण्डन गर्न तयार भएको सुनाइन् । दिपेन्द्र के खनालको निर्देशन र शर्मिला पाण्डेको लगानीमा यो फिल्मको अहिले छायांकन भैरहेको छ ।

फिल्म ‘आमा’मा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् । सुरक्षाले फिल्मका लागि कपाल काट्दा भावूक भएको बताइन् । तर, आफूले केही नयाँ गर्नुपर्छ भन्ने सोच राख्ने भएकाले पनि बोलेर मात्र नहुने काम गरेर देखाउन पर्ने भन्दै कपाल मुण्डन गरेको बताइन् ।

फिल्मको सबैभन्दा राम्रो दृश्य नै यही भएको उनको तर्क छ । फागूण ९ गतेबाट आमा फिल्म रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV