फिल्म ‘मारुनी’ भोली शुक्रबारदेखि रिलिज हुँदैछ । तर, यो फिल्म रिलिज अगावै चर्चामा छ । कारण, यो फिल्मलाई हलवालाले चेपुवामा पारेर हिन्दी फिल्मलाई प्रमोट गरिरहेका छन् ।

यसैले पनि ‘मारुनी’ निर्देशकले घुमाउरो शैलीमा विरोध गरेका छन् । उनले आफ्नो श्रृजना निमोठ्ने प्रयास गरिएको भन्दै विरोध गरेका छन् । आफ्ना आमा र बुबाले आफूलाई अरुको श्रृजना निमोठ्न कहिले नसिकाएको भन्दै आफ्नो श्रृजना किन निमोठियो भनेर लेखेका छन् ।

‘मारुनी’लाई क्यूएफएक्सले देशभर जम्मा १४ शो दिएको छ । जबकी, यो फिल्मसँग रिलिज हुन लागेको साहो फिल्मलाई ६२ शो दिएको छ ।

नेपाली फिल्ममाथि हुने हलवाला र केही वितकरकको खेलले नै अहिले फिल्म बनाउने क्रम घटेको छ ।

For More videos Log on to Mazzako TV