अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टीले श्रेष्ठले फिल्म बनाउनेहरुले नै आफूहरुलाई एकसाथ अफर गर्ने गरेको बताएका छन् ।

फिल्म बजारमा सौगात र श्रृष्टीको जोडी लिनैपर्ने वाध्यता रहेको चर्चा छ । यतिमात्र होइन, श्रृष्टी नभएको अवस्थामा सौगातले फिल्म छाड्ने गरेको पनि खबर सार्वजनिक भैरहेको छ ।

यस्तो अवस्थामा सौगात र श्रृष्टीले भने यस्तो नभएको बताएका छन् । उनीहरुले फिल्म बनाउन आउनेले नै आफूहरुलाई दिमागमा लिएर आउने गरेको बताए ।

सौगातका अनुसार, प्रेममा रहेको जोडीलाई एकसाथ लिने त अहिले चलन नै चलेको छ । यही चलनलाई फलो गर्दै आफूहरुलाई पनि फिल्ममा अफर आउने गरेको सौगात बताउँछन् । श्रृष्टी पनि आफूहरुलाई एकसाथ अफर आउँदा खुशी लाग्ने बताउँछिन् ।

For More videos Log on to Mazzako TV