अभिनेत्री पूजा शर्माले कलाकारले महंगो पारिश्रमिक लिएर त्यो फिल्मको लगानी सबै उठाउनुपर्छ भन्ने नभएको बताएकी छिन् ।

पूजाले लगालग २ फिल्ममा २० लाख पारिश्रमिक लिएकी छिन् । यसपछि भने उनलाई अन्य फिल्मीकर्मीले कटाक्ष पनि गर्दै आएका छन् । पूजाले भने कलाकारले २० लाख लिएपछि सो फिल्मका लागि शत प्रतिशत काम दिनुपर्ने बताइन् । साथै, सो फिल्मका लागि कलाकारले पूर्ण समय दिएर मिहिनेत गर्नुपर्ने तर लगानी सबै उठाउनुपर्छ भन्ने नहुने पूजाको तर्क छ ।

अभिनेत्री शर्माका अनुसार, फिल्ममा कलाकारले काम गर्दा पारिश्रमिकको दबाब लिन हुँदैन । पूजाले फिल्म खेलेपछि फिल्मप्रति जिम्मेवारी हुनुपर्ने र प्रमोशनदेखि हरेक कुरामा खट्नुपर्ने बताइन् ।

For More videos Log on to Mazzako TV