अभिनेत्री स्वस्तिमा खड्कालाई फिल्म ‘चपली हाइट ३’ का लागि फाइनल गरिएको छ । अभिनेत्रीलाई केही दिन अगाडि नै फाइनल गरिएको हो ।

तर, फिल्मको निर्माण टिमले औपचारिक घोषणा अगावै यो कुरा सार्वजनिक गर्न चाहेको थिएन । तर, संचारमाध्यमबाट यो कुरा सार्वजनिक भएको छ ।

फिल्म ‘चपली हाइट ३’ मा अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ फाइनल छन् । फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन् । उनले अर्जुनसँग मिलेर फाटेको जुत्ता निर्देशन गरेका थिए ।

स्वस्तिमाले कथा मन परेकाले फिल्ममा काम गर्न लागेको बताएकी छिन् । फिल्म चपली हाइटको छायांकन अब चाडै नै सुरु हुँदैछ ।

For More videos Log on to Mazzako TV