फिल्म पोई पर्यो कालेको शीर्ष गीतको छायांकन गरिएको छ । बालाजुमा रहेको एनएफडीसीको स्टूडियोमा फिल्मको यो टाईटल गीत खिचिएको हो ।

यो गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ ।
फिल्म पोई पर्यो कालेको यो गीतका लागि भव्य सेट समेत तयार पारिएको छ । गीतमा मुख्य कलाकारहरु सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतलाई देख्न पाईनेछ ।

फिल्मलाई शिशिर राणाको लेखन तथा निर्देशनमा तयार पारिएको हो । किरण नेपाली फिल्मका प्रस्तुतकर्ता हुन् भने दिपक मनाङ्गे फिल्मका निर्माता हुन् । यो फिल्म कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

एक सातामै यो गीतको भिडियो सार्वजनिक हुने बताईएको छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने शिव ढकालले खिचेका छन् ।

For More videos Log on to Mazzako TV