फिल्म मारुनीको प्रचार गर्न देश दौडाहामा रहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज खुबै देखिएको छ । इटहरी, चितवन, पोखरा, नेपालगञ्ज, बुटवलमा फिल्म प्रचार गर्न पुगेकी साम्राज्ञीलाई फ्यानको ठूलो समुहले पछ्याएको छ ।


अभिनेत्री साम्राज्ञीलाई भेट्नका लागि इटहरीमा फ्यानले घन्टौसम्म कुरेका थिए । उनलाई फ्यानले कुरेनन् मात्र, फोटो खिचाउनका लागि मरिहत्ते पनि गरेका थिए । चितवनमा पनि उनलाई प्रहरी र सुरक्षाकर्मीले बचाउनका लागि धौ धौ परेको थियो । प्रहरी र सुरक्षागार्डले उनलाई जोगाएर होटलसम्म पुर्याएपनि उनलाई भेट्नका लागि फ्यानहरु होटलमै पुगे । यस्तो सिलसिला हरेक शहरमा देखिएको थियो ।
साम्राज्ञीको यो क्रेज हलमा पनि देखिन आवश्यक छ । हलमा पनि यस्तो क्रेज देखिएको खण्डमा मारुनीलाई फाइदा हुनेछ । भदौको १३ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV