अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरिएको हो । मंसिर ६ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको सार्वजनिक गीतमा आर्यन र मिरुनाको केमेष्ट्रि मज्जाको देखिएको छ । गीतमा आर्यन र मिरुनासंगै भोलाराज सापकोटा पनि प्रस्तुत छन् ।

राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतका संगीतकार राजनराज स्वयं हुन् । गीतको शब्द फिल्मका निर्माता अमृत घोले लामा, राजनराज सिवाकोटी र श्याम लामिछानेले लेखेका हुन् । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् । सुशन प्रजापतिले खिचेको गीतका कोरियोग्राफर शिशिर खाती हुन् ।

यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ । निर्माता अमृत घोले लामा हुन् । आर्यन, मिरुना र भोलाराजसँगै यो फिल्ममा पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।

For More videos Log on to Mazzako TV