यही हो शाहरुखको चाहना, सिक्वेल बनोस् ‘मै हुँ ना’
बलिउड किंग खानले उनको पुरानो चलचित्रलाई लिएर आफ्नो नयाँ इच्छा ब्यक्त गरेका छन् । उनी अभिनित चलचित्र ‘मै हुँ ना’को सिक्वेल बनोस भन्ने शाहरुखको चाहना रहेको बुझिएको छ । शाहरुखले ट्वीटरमा आफ्नो इच्छा ‘मै हुँ ना’को सिक्वेल बनोस भन्ने रहेको भनि ट्वीट गरेका छन् ।
शाहरुख खान र निर्देशक फराह खान मिलेर काम गरेको पहिलो फिल्म ‘मै हुँ ना’ बनेको १० बर्ष भईसकेको छ । ‘मै हुँ ना’, २००४ को सुपरहिट फिल्म हो । चलचित्रले बक्सअफिसमा राम्रो ब्यापार गरेको थियो ।
‘मै हुँ ना’ को हिट जोडी शाहरुख र फराह यतिबेला भने ‘ह्याप्पी न्यू इयर’को काममा ब्यस्त छन् । अक्टोबर २३ मा रिलिज हुने चलचित्र ‘ह्याप्पी न्यू इयर’ सम्म आईपुग्दा फराह र शाहरुखको दोस्ती निकै दरिलो भएको छ । शाहरुखले हालै फराहलाई मर्सिडिज कार उपहार दिएका थिए ।
कोरियोग्राफर फराह खानद्वारा निर्देशित पहिलो चलचित्र ‘मै हु ना’ ३० अप्रिल २००४ मा रिलिज भएको थियो । के अब शाहरुखले इच्छा गरे झै बन्ला त ‘मै हुँ ना’को सिक्वेल ? सिक्वेलमा फराह नै होलिन त निर्देशक ? त्यो भने विस्तारै थाहा हुनेछ ।
For More videos Log on to Mazzako TV