वर्ल्डकप राजधानीमा मात्रै
बैशाख १९ गतेबाट अलनेपाल एकैसाथ प्रर्दशनमा आउने भनेर प्रचार गरिएको चलचित्र ‘वर्ल्डकप इन नेपाल’ राजधानी बाहिर रिलिज नहुने भएको छ । अहिले प्रर्दशनमा रहेको चलत्रिहरु नोभेम्बर रेन, कबड्डी र नाई नभन्नु ल २ ले हल ओगटेका कारणले गर्दा ‘वर्ल्डकप इन नेपाल’ लाई हल अभाव भएको हो ।
‘हामीले भनेजति हल नपाएका कारणले गर्दा मोफसलमा अहिले चलचित्र नलाग्ने भएको हो’, चलचित्रका निर्माता प्रकास थापाले मज्जाको अनलाईनलाई बताए, ‘१९ बाट बैशाख २६ गतेमा डेट सेरेको छ ।’ चलचित्र ‘वर्ल्डकप इन नेपाल’ ले काठमाण्डौंमा भने दश वटा हलहरु पाएको छ ।
बाल मनोविज्ञानमा आधारित रहेको चलचित्र ‘वर्ल्डकप इन नेपाल’ मा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सृजना तामाङ्ग, उमेश थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन भने चलचित्रमा जुगल डंगोलको संगीत रहेको छ ।
For More videos Log on to Mazzako TV