ajhai pani 1प्रशंग हो चलचित्र ‘अझै पनि’को औपचारिक निर्माण घोषणाको । चलचित्रको बारेमा जानकारी गराउन बुधकार चलचित्र युनिटले प्रेसका मान्छेहरुलाई डाकेको थियो । चलचित्र  निर्माणको घोषणा गरिने दिन संयोगले नायिका पुजा शर्माको जन्मदिन पनि परेको रहेछ ।

उसै पनि नायिका पुजा शर्मा र सुदर्शन थापाको बारेमा चलचित्र बजारमा चर्चा नभएको होईन । उनै नायिकाको जन्मदिन सेलिब्रेट गर्दै आफ्नो नयाँ चलचित्रको घोषणा गर्न पाउदा थापा कम्ती खुशी भए होलान त ?

नायिका पुजा शर्माको जन्मदिन बिशेष केक काट्दै सुर्दशनले नयाँ चलचित्र ‘अझै पनि’ निर्माणको घोषणा पनि गरेका छन् । सामाजिक प्रेम कथामा आधारित रहेर बन्ने चलचित्र ‘अझै पनि’को निर्देशन आलोक नेम्वाङ्गले गर्नेछन् ।

चलचित्रमा कलाकारहरुको रुपमा सुर्दशन थापा, बर्थ डे गर्ल पुजा शर्मा, नवनायिका सुरक्षा पन्त, पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल,विपना धिमाल, बिजय लामा, मिथिला शर्मा,राम शरण पाठक लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

बैशाख १९ गतेबाट सुटिङ्ग फ्लोर ज्वाईन गर्न लागेको यस सिनेमाको छायांकन काभ्रेस्थली, चरिकोट, मुढे क्षेत्रमा हुने बताईएको छ । चलचित्रको सुटिङ्ग ४५ दिनमा सक्ने लक्ष्य राखिएको छ । चलचित्रमा हरि लम्साल, राजनराज सिवाकोटी,  सचिन सिंह र महेश खड्काको संगीत सुन्न पाईनेछ । अष्ट महर्जनको द्धन्द्ध हुनेछ भने छायाकंन राजेश श्रेष्ठले गर्नेछन् ।
ajhai pani3

For More videos Log on to Mazzako TV