सैफ अलि खान पागल हैनन् रे (भिडियो सहित)
साजिद खान निर्देशित कमेडी फिल्म ‘हमशकल्स’को ट्रेलर रिलिज गरिएको छ । ‘हमशकल्स’मा शैफ अलि खान र बिपाशा बासुको लीड रोल रहेको छ । ट्रेलरमा देखाईएको शैफको डाईलग ‘म पागल हौईन’ ले यतिबेला दर्शकहरुमा चलचित्रलाई लिएर उत्सुकता बढाईदिएको छ ।
‘हमशकल्स’मा शैफ र बिपाशाका अलवा रितेश देश्मुख,राम कपूर, ईशा गुप्ता र तमन्ना भाटियाको पनि महत्वपूर्ण भूमिका रहेको छ । साजिदले ‘हमशकल्स’ भन्दा पहिले हिम्मतवाला’, ‘हाउसफुल’, ‘हाउसफुल–२’, ‘हे बेबी’ र ‘डरना जरुरी है’ फिल्म निर्देशन गरि सकेका छन् । साजिदले आफ्ना अन्य फिल्म भन्दा ‘हमसकल’मा धेरै नै मिहिनत गरेको बताएका छन् ।
यो रमाईलो चलचित्र ‘हमशकल्स’मा रितेश देश्मुख,राम कपूर र शैफ अलि खानलाइ ट्रिपल रोलमा देख्न पाइनेछ । कुनै पनि सिनेमामा तीन काष्टको ट्रिपल रोल गरिएको हमशकल्स नै पहिलो सिनेमा हो । अशिकांश शुटिङ विदेशमा गरिएको यस फिल्मका लागि भनेर शैफ अलि खानले ट्रिपल रोलका लागि हलिवुडबाट बिषेश टेक्निसियन बोलाएका थिए । शैफ्–बिपाशा स्टारर ‘हमशकल्स’मा हिमेश रेशमियाको संगीत रहेको छ ।
वासु भगनानीले चलचित्रको निर्माण गरेका हुन् । ‘हमशकल्स’ जून २० तारिकमा रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV