बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ यही भदौ २७ गते रिलिज हुदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुने छ । प्रिमियरका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । सन्नीले मंगलबार साँझ एक भिडियो सन्देश मार्फत् आफू फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छन् । अनि सेप्टेम्बर ११ मा नेपाल आउँने छिन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्त सहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । यो फिल्ममा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । फिल्मको अघिकांश छायांकन लण्डनमा भएको हो ।

अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सह(निर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।

For More videos Log on to Mazzako TV