भाद्र ६ गतेबाट रिलिज हुने फिल्म ‘जाइरा’ को प्रमोसन तिब्रताकासाथ भैरहेको छ । प्रचारकै क्रममा पोखराबाट फिल्मको प्रचार अभियान सुरु भएर चितवन, धरान र इटहरीमा विभिन्न कार्यक्रमको आयोजना र्गयो । प्रचारमको क्रममा इटहरीमा भने भिन्न शैलीको कार्यक्रम आयोजना गरियो । स्थानिय युवाहरुले लाखे जुलुस निकालेर फिल्मको टीमलाई बजार परिक्रमा गराइएको थियो ।

मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलिजको संघारमा प्रस्तुत गरिएको हो । फिल्मको प्रचारमा सहयोग तथा रिलिजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए । उक्त प्रचार यात्रामा नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगर लगायत थिए ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतको अभिनय छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

For More videos Log on to Mazzako TV