जसिता र धिरजको जोडी ‘आइएम ट्वान्टी वन’ मा पक्का
कोरियोग्राफर हुँदै ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशक बनेकी रेनेशा वान्तवा राई राणाको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘आइएम ट्वान्टी वन’को घोषणा गतवर्ष नै गरिएको थियो । फिल्ममा मुख्य अभिनेताको रुपमा ‘इन्टु मिन्टु लण्डनमा’ डेव्यु धिरज मगरलाई पक्का गरिएको थियो । तर, धिरजको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको टुङ्गो लागेको थिएन् ।

बेलाबेला अभिनेत्री जसिता गुरुङसँग धिरजको जोडी बाधिने खबर बाहिरिने गरेका थिए ।अन्ततः उक्त खबर साँचो भएको छ । ‘आइएम ट्वान्टी वन्’मा धिरजको जोडीको रुपमा जसिता गुरुङलाई अनुबन्धित गरिएको छ । आइकोर फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको छायाँकन तिहार लगत्तै सुरु गरिने छ । स्रोतका अनुसार ‘आइएम ट्वान्टी वन्’ को वर्कसप गर्न जसिता यसै साता लण्डनबाट नेपाल आउँदैछिन् । भने, धिरज नेपाल पुगिसकेका छन् ।

प्रज्वल शमसेर जबराको लगानीमा निर्माण हुने फिल्ममा जसिता र धिरज बाहेक अन्य कलाकार कोको रहन भन्ने बारेमा केही बताइएको छैन् । रेनेशालाई डेव्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पश्चात सम्भावना बोकेकी निर्देशकको रुपमा हेरिएको छ । यो फिल्मले नेपाली वक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।
For More videos Log on to Mazzako TV