अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुई’ का केहि तश्बिरहरु आउट भएका छन् । आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँने फिल्मका मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतका तश्विरहरु सार्वजनिक गरिएको छ । तश्विरमा आर्यन र मिरुनालाई रोमान्टिक अबतारमा देख्न सकिन्छ ।

उक्त गीतमा कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर र राजनकै संगीत छ । राजन, अमृत घोले लामा र श्याम लामिछानेले शब्द लेखेका हुन् ।

साम्तेन भुटिया निर्देशित फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको पनि अभिनय छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV