चलचित्र बादशाह जुटको फस्टलुकसँगै प्रदर्शन मिति तय गरिएको छ । जोनी सिंह राणाको कथा तथा निर्देशनमा तयार भएको यो फिल्म कात्तिकको १ गतेबाट रिलिज हुने भएको छ । अभिषेक शशी कुमारको लेखनमा तयार भएको फिल्ममको शिर्ष भूमिकामा अभिनेता सुशिल श्रेष्ठले काम गरेका छन् ।

फिल्मको पोष्टरमा पनि सुशिललाई नै देखाइएको छ । फिल्ममा सुशिलको साथमा आमिर गौतम, रोषी खड्का, रश्मी तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म वादशाह जुटमा राजकुमार उप्रेतीको एकसन, राजु कार्कीको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी, कृष्ण भारद्धाज र कोशिश क्षेत्रीको संगीत छ ।

हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ फिल्मका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV