अभिनेत्री स्वस्तिमा खड्का अभिनित हजार जुनी सम्म अहिले चलिरहेको छ । फिल्मको व्यापार औषत छ । उनी अभिनित अर्को फिल्म घामड शेरे कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । अब, स्वस्तिमाले नयाँ फिल्ममा काम गर्ने भएकी छिन् ।

स्वस्तिमाले एक सिक्वेल फिल्ममा काम गर्न लागेकी छिन् । तर, यसको नाम अहिले सार्वजनिक गरिएको छैन । भूमिका शक्तिशाली भएकाले पनि आफूले काम गर्न लागेको उनले बताइन् । स्वस्तिमाका अनुसार, यो फिल्म यसअघि नै बनिसकेको छ र यसको सिक्वेलको रुपमा यसपटक बन्न लागेको हो ।

केही दिनमा नै फिल्मको घोषणा गरिनेछ । स्वस्तिमा फिल्मलाई लिएर उत्साहित छिन् ।

For More videos Log on to Mazzako TV