आर्यन सिग्देल अभिनित फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । आर्यनको साथमा अभिनेत्री मिरुना मगर र कलाकार भोलाराज सापकोटा प्रस्तुत छन् । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको रहेको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् ।

मङ्सिर ६ गतेबाट सार्वजनिक प्रदर्शन हुने फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो । फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । ‘च च हुई’ बाट आर्यनसंग र मिरुनाले पहिलो पटक रोमान्स गरेकी हुन् । फिल्ममा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।

फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । श्री श्रेष्ठको द्वन्द, शिशिर खातीको कोरियोग्राफी रहेको फिल्ममा सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

For More videos Log on to Mazzako TV