प्रदर्शन भैरहेको फिल्म ‘हजार जुनीसम्म’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । फिल्मको ‘सत्य सत्य’ बोलको रोमान्टिक गीत युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

हजार जुनीसम्को सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर छ । प्रविण पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाको शब्द छ । यीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । विकासराज आचार्य कृत फिल्ममा समावेश दुई वटा गीतहरु यसअघि नै सार्वजनिक भैसकेका छन् ।

फिल्ममा आर्यन र प्रियंकासँगै संचिता लुईंटेल, अखिलेश प्रधान, सलोन बस्नेत, अनुभव रेग्मी लगायत कलाकारहरुको अभिनय छ । फिल्मका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान हुन् ।

For More videos Log on to Mazzako TV