निर्देशक नवल नेपालले भदौको १३ गतेबाट रिलिज हुन लागेको फिल्म मारुनीले दर्शकको मन छुने बताएका छन् । उनले, दर्शकको मुटुमै फिल्म बस्ने दाबी समेत गरेका छन् ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो फिल्मलाई नवलले निर्देशन गरेका हुन् । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ मुख्य भूमिकामा छन् । फिल्म मारुनीमा साम्राज्ञीको स्टारडम नदेखिने उनको भनाई छ । यसपटक साम्राज्ञी मारुनीकै रुपमा देखिने उनले बताए ।

फिल्म मारुनीमा आफ्नो शैली थोरै देखिएको उनले बताए । यसपटक आफू केही आधुनिक बन्न खोजेको भन्दै नवलले आफ्नो शैली भने नहराएको बताए ।

For More videos Log on to Mazzako TV