सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल नपक्रन आदेश दिएको छ । प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराको एकल इजालसले यो निर्णय गरेको हो । जिल्ला अदालत काठमाण्डौले शिल्पालाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो ।

यसपछि, शिल्पा पाटन उच्च अदालत हुँदै सर्वोच्च पुगेकी थिइन् । निर्माता छविराज ओझासँग वैवाहिक जीवन टुंग्याउने निर्णयमा पुगेकी शिल्पालाई सर्वोच्चले नपक्रन आदेश दिएको हो । वहुविवाहको मुद्दामा निर्माता छवि र अभिनेत्री शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो । यसपछि छवि र शिल्पा दुबै सम्पर्क विहिन थिए ।

For More videos Log on to Mazzako TV