तीस फिल्म इन्कार गरिन् गोविन्दा पुत्रीले,तर किन ? (फोटो फिचर)
बलिउडका सुपरहिट हिरो गोविन्दाकी छोरी नर्मदाले तीन बर्षमा ३० फिल्मलाई इन्कार गरिसकेकी छिन् । हालै गोविन्दा पत्नी सुनिताले यो कुराको जानकारी गराएकी हुन् । आफ्ना पति गोविन्दाको साथमा आईफा अवार्डमा भाग लिन अमेरिका पुगेको बेला उनले पत्रकारहरुसँग कुरा गर्दैै सो कुरा बताएकी हुन् ।
छोरी नर्मदाले आफ्ना पिता गोविन्दाको जस्तै फिल्म खेल्न चाहेको उनले बताएकी छिन् । नर्मदाले भनेजस्तो स्क्रिप्ट नपाएकाले चलचित्रमा काम नगरेको उनकी आमाको भनाई छ । नर्मदाको रुची कमेडी फिल्ममा रहेको बुझिएको छ । कमेडी फिल्ममा काम गर्ने बिषयमा निर्माता निर्देशकहरुसँग कुरा भईरहेको बताईएको छ ।
को हुन् नर्मदा ?
बलिउड अभिनेता गोविन्दांका दुई सन्तान मध्ये पहिलो सन्तानको रुपमा १९८९ जुलाई १६ मा नर्मदाको जन्म भएको हो । नर्मदाले किशोर नमित कपूर इन्सिटिच्युट र लण्डन फिल्म इन्स्टिच्युटबाट एक्टिङ्गको कोर्ष गरेकी छिन् । उनका एक भाई पनि छन्, जस्को नाम यशवर्धन आहूजा हो । नर्मदाको बारेमा कमैलाई थाहा भएको कुरा के छ भने पहिले उनको नामको स्पेलिङ्ग ‘Narmada’ थियो तर अंकविज्ञान अनुसार उनले आफ्नो नामको स्पेल ‘Narmmadaa’ बनाएकी छिन् ।